काठमाडौं :
दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘लाज शरणम्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हेरेका छन्। उनले बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन्।
उनले फिल्म हेरिसकेपछि फिल्मका मुख्य अभिनेता सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन्। उनले सीतारामको अभिनयको तारिफ गर्दै भने,‘यस्तो डिटेल दिनुभाछ नि,कस्तो डिटेल दिया हो? लास्टै दामी । लास्टै मजा आयो।’
छेवैमा रहेका सीतारामलाई मेयर बालेनले अँगाल्दै मार्दै भने, ‘एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।’
फिल्म ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ र्यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो। यो फिल्ममा भने उनको गीत समावेश गरिएको छैन।प्रदर्शनको पहिलो दिन फिल्मले एक करोड १० लाख कलेक्सन गरेको भनिता पनि त्यस यता कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छैन।
कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन्। फिल्ममा सितारामका अलवा महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन्। जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन्।