सुचना, समाचार र मनोरन्जन

राप्रपाले पनि सडकमा आन्दोलन चर्काउने,अध्यक्षले नै नेतृत्व गर्ने

काठमाडौं :

समाजवादी मोर्चाले राजावादी विरुद्ध राजधानीमा यहीँ एक लाख मान्छे उतार्ने घोषणा गरेको केहि दिनमा राजावादी शक्तिले पनि आफ्नो शक्ति देखाउने भएका छन्। मंगलबार बसेको राट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलन चर्काउने घोषणा गरेको छ।

Gandarbha

आन्दोलन कहिलेकाट सुरु गर्ने भन्ने कुरामा आगामी १२ गते बस्नेत कार्य समितिको बैठकले तय गर्ने राप्रपाले जानकारी दिएको छ। राजसंस्था पुनस्र्थापनका लागि आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको बताए।

यता पुर्वराजा ज्ञानेन्द्र शाहले राजावादीको आन्दोलनको संयोजन नवराज सुवेदीलाई दिएको चर्चा छ। उनको नेतृत्वको हिजो गठित समितिलाई पनि राप्रपाले सहयोग गर्ने बताइएको छ। हिजो सुवेदीको नेतृत्वमा गरेको संयोजन घोषणा आफुहरुलाई चित्त नबुझेको भन्दै राप्रपाका नेताहरु रिसाएका थिए। तर आज बसेको बैठकले उनको नेतृत्वलाई सघाउने निचोड निकालेको छ।

यहीँ १५ गते समाजवादी मोर्चाले आन्दोलनको घोषणा गरेको छ भने अर्का अभियन्ता दुर्गा प्रसाईले पनि त्यहीँ दिन मोर्चा विरुद्ध लड्ने घोषणा गरिसकेका छन्। अहिले काठमाडौंका विभिन्न स्थानमा २ महिनाका लागि निषेधित क्षेत्र घोषणा सरकारले गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.