काठमाडौं :
फिल्म ‘आउट ल : दफा २१९’मा समावेश र्यापर भिटेनको गीत ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्म रिलिज भएको पाँच दिनपछि गीतको भिडियो रिलिज गरेको हो।
सार्वजनिक भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सोनु लागुन, सुमन भण्डारी लगायतले नाचेका छन्। भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर निर्माण पक्षले फिल्ममा समावेश गरेको बुझिएको छ।
सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल,बिशाल पहाडी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको यो फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । अमित अग्रहरी र निशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र दीर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको,चुल्ठे काजीको एक्सनमा बनेको यो फिल्मले रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ ।