पोखरा/
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा), नासा गण्डकी, नेपाली युवा उद्यमी मञ्च पोखरा, र जोन्टा क्लब पोखराको संयुक्त आयोजनामा ‘वाडा अटो सो २०२५’ को पूर्वसन्ध्यामा शनिबार पोखरामा भव्य मोटर र्याली सम्पन्न भएको छ।

गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले झण्डा फर्फराउँदै रंगशालाबाट र्यालीको उद्घाटन गरे। र्यालीमा ५२ वटा गाडीमा करिब १५० जना सहभागी थिए। र्याली पृथ्वीचोक, सराङकोट, नौंडाडा, नयाँबजार, चिप्लेढुंगा लगायतका मुख्य स्थान हुँदै अमरसिंहचोकमा समापन भयो।
प्रतिस्पर्धात्मक रूपमा आयोजित र्यालीमा पुरुषतर्फ शोवितमान बुद्धाचार्य प्रथम, सुमन बिजुक्छे दोस्रो र सुनिल श्रेष्ठ तृतीय भए। महिलातर्फ तिसा जोशी प्रथम, रोमिका बुद्धाचार्य दोस्रो र शोभा केसी तृतीय स्थानमा रहिन्।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री थापाले पोखरामा अटो शो आयोजना हुनु सकारात्मक भएको बताए। विशेष अतिथि तथा नाडाका निबर्तमान अध्यक्ष ध्रुवबहादुर थापाले अटो शोले अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। वाडा अध्यक्ष दिपेन्द्र कोइराला र अटो शो संयोजक निरन केसीले पनि कार्यक्रमलाई सफल बनाउने लक्ष्य प्रस्तुत गरे।

‘वाडा अटो सो २०२५’ चैत १४ देखि १७ गतेसम्म पोखराको अमरसिंहचौरमा आयोजना हुनेछ। अटो शोमा दुई, तीन र चार पाङ्ग्रे सवारी साधन, लाइट कमर्शियल, वित्तीय संस्था (Nabil Bank, Muktinath Bank), बीमा, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणका स्टलहरू रहनेछन्।