काठमाडौं :
गायकबाट नायक बनेका प्रकाश सपुतलाई पहिलो फिल्म ‘परदेशी २’ले हिट अभिनेताका रुपमा स्थापित गरिदियो। गायनमा जमेका प्रकाशको चाहाना आफ्नै कथा र निर्देशनमा फिल्म निर्माण गर्ने सोचे बटुलेका थिए। नारायण रायमाझीले उनलाई फिल्ममा खेलाए र हिट पनि भए। त्यसपछि उनको सपना गीतको मात्र होइन फिल्मको पनि हिरो बन्ने सोचे बनाए।
उनलाई फिल्ममा धमाधम अफर आउन थालेको थियो। ‘परदेशी २’पछि उनले नेपालमा सर्वाधिक कमाई गर्ने फिल्म ‘पुर्ण बहादुरको साराङ्गी’मा अभिनय गरे। जुन फिल्मले नेपालमा बनेको अहिलेसम्मकै सर्वाधिक कमाइृ गर्ने फिल्म बन्यो। नेपाल र नेपाल बाहिर गरेर झण्डै एक अर्बको कमाई गरेको यो फिल्मका नायकले आफै अभिनय र निर्देशनमा फिल्म ‘वसन्त’निर्माण गरेका छन्। जुन फिल्म यही चैत २२ गतेबाट नेपाल भरका हलमा लाग्दैछ।
नेपालमा चलेको वि.स.२०६२–६३को आन्दोलन,आमा विरामी र छुवाछुतको चपेटामा परेको कथालाई उनले आफ्नो फिल्म ‘वसन्त’मा उनेका छन्। शनिबार (हिजो) काठमाडौंको सामाखुशीमा रहेको हलमा फिल्मको प्रचारप्रसार स्वरुप ‘वसन्त’को ट्रेलर सार्वजनिक गरेका छन्। ट्रेलरले समाजमा हुने गरेको जातीय विभेदको कथालाई उठान गरेको देख्न सकिन्छ।
यो फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्ग बहादुर पुन, प्रभात पाल ठकुरी, श्री श्रीभान्सी, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, माओत्से गुरुङ, सिरु बिष्ट, भोला सापकोटा, विशाल पहारी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
प्रविन भट्टको सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको डीओपी छ। मोहन विक र विन्दु बोहरा निर्माता,वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र न्यान्सी शेरचन कार्यकारी निर्माताको रुपमा रहेका छन्।