काठमाडौँ :
आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मिन बहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ। त्यस्तै स्मीता लामिछाने अभिनित फिल्म ‘आखाँ’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाउन सफल भएको छ।
उत्कृष्ट निर्देशक तर्फ ‘पुजार सार्की’बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन्। त्यस्तै, उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाट अभिनेत्री अञ्जना बराईली प्राप्त गरिन भने उत्कृष्ट पुरूष पात्र अवार्ड ‘आखाँ’बाट आर्के मेहताले हात पारे।
त्यसैगरी, राष्ट्रिय फिचर फिल्म अवार्ड छायांकार राजेश श्रेष्ठले जितेका छन् भने उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाउन सफल भए। त्यसैगरी, भारतीय फिल्म ‘रूक्मिणी’ले डङ्की आट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ।
उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको फिल्म ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ले पाएको छ। यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको फिल्म ‘लुसिया जि रोमेरो’ले पाउन सफल भयो। लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेवी उत्कृष्ट फिचर फिल्म अवार्ड पायो।
त्यस्तै, उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवी’ अडियन्स चोइस अवार्ड डकुमेन्ट्रीतर्फ फिल्म ‘गल्स रि राइटिङ डेस्टिनि’, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको फिलम ‘द विटनेस ट्रि’ले पाएको छ।
चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा भएको निफ महोत्सवमा ४० देश का ८७ फिल्म प्रदर्शन भएका थिए। यस फिल्म महोत्सवमा सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूको प्रमुख आतिथ्यता रहेको थियो।