काठमाडौं :
फिल्म ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको फिल्म पाँचौँ हप्तामा प्रवेश गरेको हो।
उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि दर्शक रहेका छन्। दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षको भनाई छ।
फिल्म निर्माता नवीन श्रेष्ठले भने,‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध शो मा दर्शकको संख्या उच्च छ।’
‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो। त्यस यताको कसेक्सन निर्माण पक्षले जानकारी दिएको छैन।फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ।
कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेको यो फिल्ममा निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन्। हुन्। फिल्मलाई जेपिटी क्रियसनको ब्यानरले निर्माण गरेको हो।