काठमाडौं :
थाइल्याण्डको बैंककमा जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान अर्पण गरिएको छ। विगत १६ वर्ष काठमाडौंमा रहेर गीत संगीतका क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा।लि।ले थाइल्याण्डको बैंककमा एक विशेष भव्य समारोहबीच समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई सम्मान अर्पण गरेको हो।
गैर आवसिय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र वस्नेतको प्रमुख आतिथ्यतामा भएको समारोहमा गीत संगीतका साथै समाजका विभिन्न क्षेत्रमा अमूल्य योगदान पुर्याएका व्यक्तित्वलाई कार्यको उच्च प्रशंसा गर्दै सम्मान अर्पण गरिएको जिनियसका अध्यक्ष रमेश पाठकले बताए।
नेपाली राष्ट्रिय गानबाट सुरू गरिएको समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गरेका थिए भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरूङ रसाल, पुजन काफ्ले लगायतले आफ्ना प्रस्तुतिमार्फत दर्शकको मन जित्न सफल भएका थिए। समारोहमा सिक्किममा रहेर नेपाली गीत, संगीत भाषा, साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा अतुलनिय योगदान पुर्याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो।
यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याड निवासी खुसी कार्कीलाई सम्मान अर्पण गरिएको थियो। समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक/मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार/निर्देशक राज लुईंटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लवबहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाशबहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक/संगीतकार रामबावु राहुत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्सप्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरूणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो।
थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता रहेको समारोहमा अन्य अतिथिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि भविन्द्र वस्नेत, सिक्किमका जीवन शर्मा, विशेष अतिथि सुनिल, मिलापका कृष्ण भुसाल लगायतले थाइल्याण्डको बैंककमा आएर यस्तो भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहेपनि नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै नेपाली गीत संगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनार्इ राखेका थिए।