काठमाडौं :
विश्वभरका नाटकमा कर्म गरिरहेका नाट्यकर्मीहरुले विश्व रंगमञ्च दिवस मनाइरहेको बेलामा राजेश हमालले नाटक घरको नै शिलान्यास गरेका छन्। बिहिबार कान्तिपुर फिल्म एकेडेमीले नाटक घरको हमालले थिएटर शिलान्यास गरेका हुन्।
झण्डै एक दशकदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गर्दै आएको कान्तिपुर फिल्म एकेडेमीले नक्साल गैरीधारामा नाटक घर संचालनमा ल्याउन लागेको हो। नाटक घरको शिलान्यास कार्यक्रममा एकेडेमीका प्रमुख प्रकाश पुरीले फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु भएको बताए।
एक सय ४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न गरिसक्ने गरि निर्माण थालिएको पुरीले जानकारी दिए। एकेडेमीको अभिनय संकायका विद्यार्थीको लागि नाटक निर्माण र मंचनसँगै अन्य नाट्य समूह र रंगकर्मीलाई मंच प्रदान गरिने छ।