काठमाडौं :
भोली शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि फिल्म ‘पिताम्बर’को ट्रेलर रोकिएको छ। राजनीतिक दलको भिडमा अराजकता हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ट्रेलर रिलिज अनिश्चित बनेको हो।
२ साता अघि नै भृकुटीमण्डपमा पिताम्बर टिमले ठुलो स्क्रिनमार्फत दर्शकको भब्य उपस्थितीमा ट्रेलर रिलिज गर्ने घोषणा गरेको थियो। फिल्मकी निर्देशक कृषा चौलागाईले कार्यक्रम स्थलको रकम पनि तिरिसकेको जानकारी दिएकी छन्। तर जिल्ला प्रशासन कार्यालयले समाजवादी मोर्चालाई उक्त ठाउँ तोकिदिएपछि तत्काल ‘पिताम्बर’ले ट्रेलर रिलिज नहुने भएको हो।
कृषा चौलागाईंले केही दिनको राजनीतिक स्थिती हेरेर २ दिनपटि मात्र ट्रेलर ल्याउने टुंगो बताएकी छन्। परिचयसँगको कुराकानीमा उनले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको बताईन। फिल्ममा प्रदीप खड्का,दिव्या रायमाझी,दयाहाङ राई,सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ।