सुचना, समाचार र मनोरन्जन

तलब नपाएपछि कर्मचारीले मेयर बालेनलाई ध्यानाकषर्ण गराए

काठमाडौँ/

पारिश्रमिक नपाएको भन्दै स्थानीय तहका कर्मचारीहरूले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले पाँच महिनादेखिएको पारिश्रमिक पाउन सकेका छैनन् । यसबारे यसअघि नै गुनासो पठाए पनि सुनुवाइ नभएको भन्दै अब पाँच दिनभित्र समस्या सम्बोधन गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।
स्थानीय तहका कर्मचारीहरूको संघ स्थानीय कर्मचारी युनियन नेपाल, स्थानीय कर्मचारी संघ नेपाल, स्थानीय तह महानगर कर्मचारी परिषद् र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ काठमाडौँ महानगर इकाइले ध्यानाकर्षण गराएको हो ।

साथै आवश्यक पहलकदमी लिइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्षसमेत ध्यानाकर्षण गराएको छ । उक्त आग्रहलाई अवमूल्यन गरे स्थानीय तहमा कार्यरत सम्पूर्ण पेसाकर्मी एकजुट भई समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताका लागि कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनीसमेत दिएका छन् । जसबाट सिर्जित परिस्थितिबाट हुने परिणामको जिम्मेवारी महानगरपालिकाको नेतृत्वले दिनुपर्ने उनीहरूले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.