काठमाडौं :
अञ्जना बराईलीले खेलेको फिल्म अधिकांश हिट छन्। ‘महापुरुष’बाट डेब्यु गरेकी अञ्जनाले खेलेको फिल्म ‘पुर्ण बहादुर साराङ्गी’ले अहिलेसम्मकै धेरै कमाई गर्ने फिल्ममा पर्छ। तर गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘डोरी’सोलो रिलिज हुँदा पनि हरिबिजोग छ।
सायद यो उनको पहिलो फिल्म होला दर्शकमा छ। उसो त हलमा अन्य नेपाली फिल्म पनि छन्। तर,आज सोलो रिलिज हुने मौका भने ‘डोरी’ले पाएको थियो। सोलो फिल्म प्रदर्शनमा आउँदा पनि यति कमजोर सायदै अञ्जनाको पहिलो होला। फिल्मले देशभर १२० देशभरका हलमा १२० शोज पाउँदा पनि दर्शक पाउन सकेन। यो फिल्मको बूकिङ र बिहानी शोजको अकुपेन्सी दयनीय अवस्थामा थियो।
यही वर्ष अञ्जनाको फिल्म ‘पुजार सार्की र पूर्ण बहादुरको सारङ्गी’ चल्दा ‘डोरी’ले छक्याउनु छक्यायो। यो फिल्ममा अञ्जनाका अलवा चर्चित कलाकारहरु पनि छन्। यो फिल्ममा अरुण लामा, प्रवीण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे,राज पौडेल लगायतका कलाकारहरूको पनि अभिनय छ। तर कमजोर कथा र प्रस्तुति हुँदा अञ्जनालाई धक्का पर्यो नै।