काठमाडौं :
अभिनेत्री उपासना सिंह ठकुरीलाई लभस्टोरी र गाउले भुमिकाहरु देखिदै आएकी छन्। तर उनी अब एक्सन फिल्ममा समेत देखिन लागेकी छन्। उनी अभिनित पछिल्लो फिल्म ‘कर्मा’हो। उनले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन्। मिडियासँगको कुराकानीमा उनले सेटमा रहदाको क्षणलाई यतिबेला सम्झिएकी छन्। उनले कर्माको एक्सन सिन खिचेको हेरेर आफू लोभिएको बताइन्।
उनले आफ्नो भुमिका एक्सन नभए पनि अरुले एक्सन दृश्य दिदा निकै रमाइलो लागेको बताईन्।
उनी भन्छिन्,‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो। मैले आजसम्म एक्सन सिनेमा गरेको छैन्। तर, अब काम गर्ने रहर छ।’
तर एक्सन सिनेमामा काम गर्ने रहर भने पलाएको उनको भनाई छ। उनले थपिन्,‘मलाई पनि एक्सन सिनेमामा काम गर्ने रहर छ। अरु क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन सिनेमाबाट अफर आओस भन्नेछ। म एक्सन सिनेमाबाट अफर आउँछ भन्ने पर्खाइमा छु।’
सौरभ चौधरीले आफ्नो फिल्म खिच्दा त्यसको प्रभाव उपासनामा परेको हो। एक्सन फिल्ममा काम गर्न आफू जस्तो सुकै तयारी गर्न पनि तयार रहेको उनको भनाई छ। ‘कर्मा’मा उपासना विपीन कार्कीको अपोजिटमा छिन् । कर्मा र उपासनासँगै ‘कर्मा’का सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुन लागेको हो। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।