सुचना, समाचार र मनोरन्जन

चौथो हप्तामा ‘अञ्जिला’ : सलमानको ‘सिकन्दर’लाई पार्यो

काठमाडौं :

गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ। हलमा लागेको चौथो हप्तामा पनि हलमा दर्शक तानिरहेको छ। पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो।

यो फिल्मले भारतीय सुपरस्टार सलमान खान अभिनित फिल्म ‘सिकन्दर’लाई समेत धक्का दिएको छ। अझ भनौ हिन्दी फिल्मलाई समेत उछिन्दै अञ्जिला अगाडी रहेको छ। महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस फिल्ममा उनकै अभिनय रहेको छ। प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन्। उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा उनले दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छन्।

एन्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन्। उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन्। यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। एन्जिलाको यो भ्रमण विशुद्ध चलचित्रको लागि हो । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.