काठमाडौं :
चैत २९ गते अर्थात शुक्रबारबाट रिलिजमा आउन लागेका दुई नेपाली फिल्म ‘पिताम्बर र कर्मा’को हलमा शोज खुलेको छ। मंगलबारबाट क्यूएफएक्स चेन,बीग मुभिज,एफक्यूब सिनेमा, आइएनआई लगायतका हलहरुमा बुकिङ खुलेको हो।
क्यूएफएक्स चेनले उपत्यकामा यो फिल्मलाई २५ शोज दिएको छ भने एफक्यूबले फिल्मलाई ७ शोज,बीग मुभिजले यो फिल्मलाई ६ शोज दिएको छ। यता आइएनआई लोत्से मलमा ४ शोज, आई एनआई नयाँ बाँनेश्वरमा ४ शोज,वीएसआर मुभिजले फिल्मलाई ४ शोज नै दिएको छ।
कृषा चौलागाइको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको अभिनय छ।
यता सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका अभिनय रहेको छ। यो फिल्मले पनिले सुखद शोज पाएको छ। क्यूएफएक्स चेनले उपत्यकामा १७ शोज,बीग मुभिजले ४ शोज, एफक्यूबले ५ शोज, आइएन आइ लोत्सेले ३ शोज, आइएनआई नयाँ बाँनेश्वर ३ शोज, बीएसआर मुभिजले ३ शोज दिएका छन्। अन्य केही हलमा अझै शो खुल्न बाँकी छ।
यो फिल्म बाहेक अघिल्ला हप्ताबाट नै प्रदर्शनमा आएको फिल्महरुले शोज पाउनेछन्। फिल्म ‘लाज शरणम्’,‘अञ्जिला’,‘वसन्त’,‘होस्टेल ३’,‘सिकन्दर’ लगायत प्रदर्शनमा रहेका छन्।