सुचना, समाचार र मनोरन्जन

राम्रो फिल्मको पर्खाइमा आकाश श्रेष्ठ,भन्छन्,‘राम्रो विषयवस्तु भएपछि फिल्म फ्लोरमा जान्छ’

काठमाडौं :

कुनै समय अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीच प्रेमको चर्चा चल्यो। उनीहरुबीच गहिरो प्रेममा रहेको भन्दै समाचारका साथै गसिप बने। केहि वर्षअघि मेलम्चीमा अचानक आएको बाढीमा आकाश श्रेष्ठ प्रकाश सुवेदीसँग राहत बाँड्न गएपछि उनीहरुबीच मनमुटाब बढ्यो। उनीहरुबीच केहि म्युजिक भिडियोमा सहकार्य गरेता पनि पछिल्लो समय बोलचाल छैन।

अभिनेत्री पूजा शर्माले पल शाह र अन्य कलाकारसँग मिलेर फिल्म नै निर्मण गरिन्। अभिनेता श्रेष्ठ भने फिल्ममा फर्कएका छैनन्। उनी केहि म्युजिक भिडियोमा हल्काफुल्का काम गरिरहेका छन्। मंगलबार आफैले अभिनय गरेको म्युजिक भिडियो ‘माया के हो’मा आएका आफु कतै नभागेको बताए।
उनले भने,‘म हराएको होइन । मिडियाको माझमा मात्र नआएको हुँ। २–३ वटा फिल्मको कुरा भइरहेको छ। जुन गतवर्ष फ्लोरमा जानुपर्ने थियो, जान सकेन। सायद, अब छायांकन सुरु हुन्छ होला।’

उनले फिल्ममा काम गर्न हतार नभएको बताए। उनी राम्रो विषयवस्तु भएपछि फिल्म फ्लोरमा जाने बताए। उनले थपे,‘अहिलेको स्थितीको हेर्ने हो भने स्टारडम वा अरु माध्यम भन्दा पनि बिषयवस्तु चल्छ जस्तो लाग्छ। यो विषयवस्तु निकै कम बन्छ जस्तो लाग्छ। अहिले राम्रो राम्रो फिल्म बन्न छाडेको छ जस्तो लाग्छ । यसैले,म हतार गर्न चाहन्नँ। राम्रो विषयवस्तु भएपछि फिल्म फ्लोरमा जान्छ।’

निकेश खड्काको निर्देशनमा तयार भएको ‘माया के हो’ गीतको भिडियोमा आकाशले अभिनेत्री उगेन छोदेनसँग अभिनय गरेका छन्। यस गीतमा सुरेश लामा र त्रिशाला गुरुङलेगाएका छन् भने संगीत अर्जुन पोखरेलको छ। प्रेम राजा अधिकारीले लेखेको यो गीतको भिडियोलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ।

Leave A Reply

Your email address will not be published.