सुचना, समाचार र मनोरन्जन

कल्ली’को सेटबाट बाहिरियो अभिनेता अर्पण थापाको लुक्स

काठमाडौं :

फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। उनको लुक्स हेर्दा फिल्ममा प्रभावशाली चरित्र पो होकी भन्ने अनुमान गर्न सकिन्छ। दुईवटा तस्विरमध्ये एउटा तस्वीरमा उनलाई शिरमा सेतो पगरी बेरेर घरबाहिर आराम गरिरहेका छन् भने अर्कोमा एक युवतीले उनको खुट्टा मोलिरहेकी छन्।

लक्ष्मण सुनारको निर्देशनमा तयार भइरहेको फिल्ममा अर्पणसहित उत्तम प्रधान,सौगात मल्ल,अर्पण थापा, बेनिशा हमाल,नाजिर हुसेन, वर्षा राउत,विनोद न्यौपाने,रेयर राई,प्रियना आचार्य (मुन्नी), गीता अधिकारी,कुलदीप अधिकारी लगायतको अभिनय छ। लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन्।

यतिबेला कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्लामा छायांकन भइरहेको यस फिल्ममा महेश दवाडीको लेखन तथा निसाल पौडेलको छायांकन छ। निर्माता नेपालीले अब एक सातामा फिल्मको छायांकन सकिने बताए। जुम्ला जानुअघि फिल्मको छायांकन काठमाडौंमा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.