काठमाडौं :
बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘सिकन्दर’बक्स अफिसमा टाँट पल्टिएको छ। भारतिय बक्स अफिसमा अहिलेसम्म कमजोर कलेक्सन भएको हो। भारतिय मिडियाका अनुसार खराब रिभ्यूका कारण तेस्रो दिनबाट फिल्म खस्किएको हो। यो फिल्म कमाउनका लागि एक सातामा सय करोड कलेक्सन गरेको छ। हिजो (सोमबार)सम्म फिल्मको व्यापार भारतमा १०४ करोड पुगेको छ।
सलमानको यसअघि सन् २०१० मा प्रदर्शन भएको ‘दबंग’बाट सय करोड क्लबमा इन्ट्री कमाएको थियो। यस फिल्मले उनको उचाई बढाएको थियो। सलमानको फिल्म ‘रेस ३’, ‘भारत’, ‘ट्यूबलाइट’, ‘दबंग ३’, ‘किसी का भाई किसी की जान’, ‘जय हो’ कमजोर बनेको थियो। सलमानको अब ‘किक २’, ‘बजरंगी भाइजान २’, ‘दबंग ४’लगायत प्रदर्शनको तयारीमा छन्।