काठमाडौं :
राजेश हमाल अभिनित फिल्म ‘नरसिंहा : अवतार’ले फेरि २ वटा पोस्टर सार्वजनिक गरेको छ। बिहिबार निर्माण पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ।
यसमा फिल्ममा राज र सनिशालाई जोडीको रुपमा रहेको अनुमान गर्न सकिन्छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।
दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ। यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन्। फिल्ममा राजु विक्रम थापाको डीओपी,कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ। करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशकका रुपमा वसन्त अधिकारी रहेकाछन्।