काठमाडौं :
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म ट्रेलरसँगै प्रदर्शन मिति घोषणा गरिएको हो।निर्माण टिमले यो फिल्मको प्रदर्शन मिति आगामी बैशाख २६ गतेलाई तोकिएको छ।
भारतको सिक्किममा छायांकन भएको फिल्मको शीर्ष भूमिकामा अनुपविक्रम शाही, गीताञ्जली थापा, सौगात मल्ल लगायतको अभिनय रहेको छ। फिल्मका मुख्य अभिनेता शाहीले अहिलेसम्मकै फरक भुमिकामा अभिनय गरेको बताए। फिल्ममा काम गर्दा आफुलाई सौगात मल्लले निकै मेहनत गरेको समेत अनुभव सुनाए।
फूर्वा छिरिङ लामा निर्देशित फिल्ममा जारसँग विवादको कथा हो भनेर बुझ्न सकिन्छ। फेरी टेल पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो।