सुचना, समाचार र मनोरन्जन

पाँचौँ हप्तामा ‘अञ्जिला’गत वर्षको उत्कृष्ट पाँचमा समावेश

काठमाडौं :

गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ पाँचौँ हप्ता प्रवेश गरेको छ। पाँचौँ हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ,जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो।

मिलन चाम्स निर्देशित फिल्म‘अञ्जिला’नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। यस फिल्ममा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। एन्जिला अघिल्लो हप्ता ग्रिसबाट नेपाल आई देशभरका दर्शकलाई प्रत्यक्ष भेटेकी थिइन्।

बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ,सुनिल थापा, दयाहाङ राई,विजय बराल,सिर्जना सुब्बा,माओत्से गुरुङ,सुमीन गुरुङ,बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.