काठमाडौं :
विश्व कै प्रख्यात गनिने फिल्म विद्यालय , बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया मुलुकबाट १८ जना युवा फिल्मकर्मीहरुलाई छनोट गरेकामा लोप्चन पनि छानिएका हुन्। यसमा १८ जनालाई छात्रवृत्तिका लागि युवा निर्देशक छान्दै आएको छ।
यी छानिएका १८ जना बुसान कोरिया मा बसेर अन्तरास्ट्रीय निर्माताहरु सङ्ग मिलेर आफ्नो फिल्मको तयारी गर्छन्। हालै नेपालमा पहिलो पटक् आइफोनद्वारा फिल्म निर्माण गरेका लेखक तथा निर्देशक लोप्चन यतिबेला फिल्मकै सिलसिलामा बुसान कोरियामा छन्। कोरिया को बुसान एसियन फिल्म स्कूल मा ८ महिना बसेर, अन्तरास्ट्रीय निर्माता हरु सङ्ग मिलेर आफ्नो दोश्रो फिल्मको तयारी गर्ने छन्।
फिल्मको पटकथा र सबै निर्माण कार्य बुसान मै गरिने छ भने,फिल्मको छयाङ्कन् आउने साल, २०२६,नेपालमै गरिने भनेर लोप्चनको भनाई छ।उन्को पहिलो चलचित्र, A PLACE UNDER THE SUN, अहिले एम् एस् एम् भिडियो मा उपलब्ध छ भने उन्ले यस् अगाडि मेयर बालेन शाह को “मार्फा को मदिरा” गीत को भिडियो पनि निर्देशन् गरेका थिए ।