सुचना, समाचार र मनोरन्जन

‘अमिगोज्’बाट कमव्याक भए ‘समर लभ’ का अभिनेता आशिष,अभिनेत्रीको टुङ्गो छैन

काठमाडौं :

चर्चित उपन्यासकार सुविन भट्टराईले लेखेको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’बाट अभिनेताका डेब्यु गरेका अभिनेता आशिष पिया पुन पर्दामा फर्किएका छन्। ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट कमव्याक गर्न लागेका हुन् ।

लभस्टोरी कथामा निर्माण हुन लागेको यो फिल्मको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन्। उनी पनि एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमब्याक गर्न लागेका हुन्। यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए।
आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिने यो फिल्म बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुन लागेको हो।

विकास आचार्यले निर्माण गर्ने यो फिल्ममा सुरेन्द्र रावल सह–निर्माता रहेको रहेका छन्। आशिष वाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्ने निर्माण टिमले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.