सुचना, समाचार र मनोरन्जन

आकाशलाई ‘वाचा गरौँ’ भन्दै आईन् करुणा

काठमाडौं :

गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले हालै युटुबमार्फत भिडियो रिलिज गरेका हुन्।

Pach Pandav

गीतकार डाक्टर रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ। एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ। बचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकहरुमाझ पस्किएका छन्।

गीतकार डाक्टर रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन्। उनका गीतलाई दर्शकले निकै रुचाएका छन्। ‘वाचा गरौँ’ रिलिज गरेसँगै डाक्टर अधिकारीले आफु यो गीतबाट निकै आशावादी रहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.