रसुवा :
बैशाख ४ गतेबाट सुरु भएको चौंथो ग्रामिण चलचित्र महोत्सवको भव्य उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दिनेश डिसी रहेका थिए। गोसाईंकुण्ड गाउँपालिकका अध्यक्ष कैसाङनुर्पु तामाङ को बिसेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजधानी बाट रसुवा आएका तीन दर्जन भन्दाबढि चलचित्र कर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो।
३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता र चौथो ग्रामीण चलचित्र महोत्सव एकै समय पारेर आयोजना गरिएको हो। गोसाइकुन्ड गाउ पालिकाका अध्यक्ष चलचित्र हेर्ने दर्शक माग भए पछि विच बजारमै नेपाली महिला फुटबल क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु गरिएको थियो।
चौंथो ग्रामिण चलचित्र महोत्सवको प्रचारमा तिब्र भए पछि दर्शकलाई नेपाली चलचित्र हेर्ने तिब्र इच्छलाई मध्यनजर गर्दै धुञ्चे बजारको विच बजारमा नै आयोजक टिमले प्रोजेक्टर मार्फत अन्जिला फिल्म प्रदर्शन गरिएको हो।
बैशाख ४ गतेबाट सुरु भएको चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अन्जिलाको साथै चलचित्र पुजारसार्की, ज्वाई साव, बोक्सीको घर लगायत २२ वटा छनोट गरिएका नेपाली चलचित्र प्रदर्शन गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। आफ्नै गाउँ,आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव को आयोजना गर्दै आइ रहेको छ। महोत्सव को समापनमा बिभिन्न बिधामा अवार्ड समेत प्रदान गरिनेछ।