सुचना, समाचार र मनोरन्जन

राजेन्द्रको ‘कार्की साइँला’मा जितुपछि वर्षाको इन्ट्री

काठमाडौं :

अभिनेत्री वर्षा शिवाकोटी एकपछि अर्को फिल्ममा अनुबन्ध हुन थालेकी छन्। यतिबेला फिल्म ‘माग्ने राजा’को छायांकनमा व्यस्त रहेकी उनलाई फिल्म ‘कार्की साइँला’ अनुबन्ध भएकी छन्।यस फिल्मका लागि केहि दिनअघि अभिनेता जितु नेपाल अनुबन्ध भएका थिए। जितुको जोडीका रुपमा वर्षा रहने अनुमान गरिएको छ। राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेको फिल्मका लागि बाँकी कलाकार केही दिनमा छनोट हुनेछन्।

कर्ण बहादुर फिल्म्सको व्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ छन् भने निर्माता बालकुमार राई हुन्। कार्यकारी निर्मातामा राजु श्रेष्ठ छन्। फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ। भुइँमान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने जनाइएको छ। फिल्ममा जितुले भरिया (भारी बोक्ने व्यक्ति)को भूमिकामा अभिनय गर्नेछन्। डम्बर बहादुर राईको छायांकन रहने फिल्ममा उनी स्वयंको कथा छ भने अजित लामिछानेको पटकथा तथा संवाद लेखन छ। यसमा जीवननाथ गौतमको गीत समावेश हुनेछ। फिल्मको छायांकन कोशी अञ्चलमा पर्ने पहाडी जिल्ला धनकुटामा गरिनेछ।

Leave A Reply

Your email address will not be published.