सुचना, समाचार र मनोरन्जन

राप्रपा अध्यक्ष लिङ्देन सहित ७ जना रिहा

काठमाडौं/

सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् ।

आइतबार दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.