काठमाडौं :
गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’का कलाकार दर्शक भेट्न हलमा पुगेका छन्। हलमा लागेपछि दर्शकको साथ पाएको पिताम्बर टिम नेपालगन्ज,पोखरा हुँदै चितवन आइपुगेका छन्। उनीहरुले राजधानी काठमाडौंको हलपछि उनीहरु नेपालगन्जको सिनेरोयल,क्युएफएक्स सिनेमाज बागेश्वरी पुगेर दर्शकसँगै फिल्म हेरेका छन्।
फिल्मका टिममा प्रदीप खड्का,अनुपबित्रम शाही,दिव्यदेव पन्त,निर्देशक कृषा चौलागाइँ र फिल्मका कोडिनेटर कुमार आचार्य पुगेका थिए। उनीहरुले पश्चिमको दर्शकको माया पाएपछि पोखराको हल पुगेको थिए। उनीहरु आज आइतबार चितवनका हलका दर्शक भेटेर फिल्मको प्रतिक्रिया लिइरहेका छन्।
कृषा चौलागाईं निर्देशित यो फिल्ममा प्रदीप खड्काका अलवा सौगात मल्ल, दयाहाङ राई, दिब्या रायमाझी, अनुपविक्रम शाही, दिब्यदेव पन्त,सुपुष्पा भट्ट,सुरक्षा पन्त,कामेश्वर चौरसिया, लगायतका कलाकारहरुको अभिनय रहेको छ। स्टारकास्ट, हाइप र मेकरको सूचक हेर्दा फिल्मले रिलिजअघि नै चर्चा पाइरहेको थियो। अहिले पनि देशका अधिकांश हलमा राम्रै चर्चा र व्यापार गरिरहेको छ।
यो फिल्मबाट कृषाले एक्सन फिल्म कस्तो हुनुपर्छ भनेर समेत धेरैलाई सिकाएकी छन्। किनभनेउनको यो फिल्मबाट निर्देशकीय शैलीको यतिबेला चर्चा भइरहेको छ। उनकै भाई बिशाल चौलागाई र पुरुषोत्मम प्रधानले निर्माण गरेको यो फिल्मको प्राविधिक शिल्पको दर्शकले प्रशंसा गरिरहेका छन्। त्यस कारण पनि होला यो फिल्म हेर्नका लागि सर्वसाधारणदेखि नेपाली प्रहरीहरु समेत हलमा पुगेका छन्।