सुचना, समाचार र मनोरन्जन

‘ऊनको स्वीटर’का कलाकारहरूको परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शट्र्समार्फत्,यस्तो छ परीक्षा र एलेक्सको भुमिका

काठमाडौं :

यतिबेला हरेकको मोबाइलमा धन्किरहेको गीत हो ‘काफ्ले’। झुमा लिम्बु र सुजन चापागाईंको सशक्त स्वर, झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ।

गीत सार्वजनिक भएको केही समयमै यसको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ। त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन्।यो गीत कुनै एल्वमको नभएर फिल्म ‘उनको स्वीटर’को हो। यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीत ‘काफ्ले’ले स्रोतामाझ राम्रो छाप बनाइसकेको छ। यो गीतका छोटा क्लिपहरु भिडियो प्लेटफर्म टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शट्र्समा अत्यधिक अपलोड भएका छन्। अझ भनौँ पछिल्लो समय नेपालीहरुको मुखमा झुन्डिएको शब्द भाइरल नै बनेको छ।

गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले बिशेष चर्चा बटुल्न सफल भएको थियो। आर्टमाण्डूले निर्माण गरेको यो फिल्मका कलाकारहरुको परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराउन थालिएको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा पहिलो पटक फिल्मका कलाकारहरूको पात्र परिचय टिकटक,फेसबुक–इन्स्टा रिल्स र युट्युब शट्र्समार्फत सार्वजनिक गरिएको हो।

फिल्म प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । फिल्ममा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन् । यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन्।

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा फिल्मका निर्देशक नवीन चौहानले बताए। उनका अनुसार  पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको दाबी गरे। उनले भने,‘ पात्र परिचयको रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरूमा छोटो समयमा नै दसौँ लाख दर्शकले हेरिसक्नु भएको छ र यसलाई अत्यधिक मन पराउनुभएको छ । हाम्रो नयाँ प्रयासलाई सहजै स्विकार गरिएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो।’

Leave A Reply

Your email address will not be published.