सुचना, समाचार र मनोरन्जन

हरिवंश अभिनित ‘भूठान’को ग्रान्ड प्रिमियरमा फिल्मकर्मीदेखि नेतासम्मले गरे तारिफ

काठमाडौं :

हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो।

प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो। फिल्म हेरिसकेपछि ‘भूठान’ले नेपाली फिल्मलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताए। फिल्म हेर्न पुगेका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा फिल्मका मुख्य पात्र विष्णुबहादुरवले पस्किएको बताए।

उनले भने,‘कथाको विषयवस्तु अनुसारले हरिवंशजी लगायत कलाकारहरूले उत्कृष्ट अभिनयको प्रस्तुतिले र सुन्दर निर्देशकीय पाटोले भुठान एक उत्कृष्ट फिल्म बनेको छ। सबैलाई हेर्नको निम्ति म आग्रह गर्दछु।’

उनले अगाडी भने,‘आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ कुनै दिन मैले त्यसैगरी आफ्नो पहिचान गुमाउनु पर्‍यो भने के होला भन्ने असाध्यै गम्भीर प्रश्नले उसको हृदय कतिसम्म हल्लाउँछ।’

प्रिमियरमा पुगेका नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले यो फिल्मले धेरैको कथा बोलेको बताए। उनले आफ्नो देश छाडेर जाँदाको अवस्थालाई फिल्मले दर्शाएको बताए।

‘एकैचोटि यो फिल्मले चाहिँ धेरैको कथा बोल्छ भन्ने मलाई लाग्छ। देश छोडेर आफ्नो देशभन्दा बाहिर देश गुमाउनु परेकाहरूको पीडा भुटानी नागरिकहरूले जसरी बेहोर्नुभएको छ,’उनले कुराकानीका क्रममा भने,‘त्यस्तै दुनियामा अरु कयौँ ले बेहोर्नुभएको छ त्यो कथा बोल्छ र अहिले भर्खरै पनि भुटानबाट नेपाल आएर नेपालबाट शरणार्थी जीवन बिताएर अमेरिका गएर बसेका मान्छेलाई अमेरिकाले डिपोट गर्दै गर्दाको भर्खरकै कथा हामीले केही दिन अगाडि पढेका पनि छौँ।’

उनले थपे,‘भोलि भुटान आइपुग्यो उनीहरू। सबै परिचय खोसियो। फेरि भारतको बाटो हुँदै नेपाल आइपुगे नेपालमा पनि फेरि गिरफ्तारीमा पुगे त्यो उनीहरुले भोगिरहेको पीडा छ त्यो उनीहरूको पीडा फिल्म मार्फतबाट जीवन्त प्रस्तुत गर्ने प्रयास गरिएको छ। यो कथाले साँच्चै हृदय छोएको छ यसले भुटानीको सन्दर्भमा र देश गुमाएका धेरैको सन्दर्भमा कथा बोलेको छ यसको लेखकलाई म बधाई दिन चाहन्छु।’

यता चर्चित फिल्म ‘साम्बाला’का निर्देशक मीनबहादुर भामले पनि फिल्म हेरिसकेपछि आफुलाई असाध्यै राम्रो लागेको बताए।

मिडियासँगको कुराकानीमा भने,‘मलाई चाहि यो फिल्म एकदमै रमाइलो लाग्यो। अनि यो फिल्मको कथावस्तु यस्तो मर्मस्पर्शी सँगै प्राविधिक पक्ष पनि एकदमै राम्रो छ र यो फिल्मको कलाकारहरूको काम एकदमै राम्रो छ। मलाई यो फिल्म एकदमै मनपर्यो। र निर्देशकको काम पनि एकदमै मनपर्यो।’

गायिका आनी छोइङ डोल्मालाई पनि फिल्मले छोएको बताईन। यो फिल्म हेरेर जनमानसले फिल्मको स्वाद लिन सक्लान कि नसक्लान् भन्ने चिन्ता रहेको बताईन्।

‘एकदमै राम्रो फिल्म बनेछ फिल्ममा यति धेरै कुरा छन् कि हाम्रा नेपालीहरूको जनमानसले यो फिल्मको स्वाद लिन सक्ला कि नसक्ला भन्ने मेरो चिन्ता छ’,उनले भनिन्,‘यसको स्वाद लिन जान्यो भने यो फिल्मले धेरै कुराहरू प्रस्तुत गरेको छ अब हेर्ने मान्छेहरूको आफ्नो आफ्नो दृष्टिकोण मा भर पर्छ। कुन चाहिँ कुरा सिक्ने भन्नेमा म एक धर्मकर्ममा समावेश भएको हिसाबले चाहिँ कुनै पनि धर्मले विभाजन चाहिँ ल्याउनु हुँदैन मानवीय संवेदनालाई समग्र प्राथमिकता राख्नुपर्छ सिक पाइने अरु त अब फिल्मको कथा व्यथा यस्तै हो।’

उनले फिल्म हेरेर रमाइलो गरेको समेत बताईन्। उनले फिल्मका मुख्य पात्र हरिवंश आचार्यको समेत प्रशंसा गरिन्।

‘मैले धेरै धेरै रमाइलो गरे साँच्चिकै प्राविधिक कथा प्रस्तुति देखि लिएर हरेक प्राविधिक दृष्टिकोणबाट मैले धेरै रमाइलो गरेँ। सबैभन्दा माथि त हरिवंश दाईले सायद पहिलोचोटि फरक चरित्रमा सरप्राइज दिनुभएको छ । हामीले एउटा साँच्चिकै रियल एक्टरको दर्शन चाहिँ यसपाली यो मुभीबाट पाइयो। हरिवंश दाईको सबैजनालाई चाहिँ साँच्चिकै यो मुभी चाहिँ रमाइलो गर्न पाल्नुहोस् र यसको मर्म बुझ्ने कोसिस गर्नुपर्छ।
यो फिल्मको प्रिमियरमा अभिनेत्री मनिषा कोइराला पनि पुगेकी थिइन्। उनले पनि फिल्म आफुलाई असाध्यै मन परेको बताईन।

उनलाई फिल्म असाध्यै मनपर्यो र अब कन्टेन वाइज हेर्यो भने असाध्यै राम्रो बनेको भन्दै फिल्मको प्रशंसा गरिन्। प्राविधिक पक्षको तारिफ गर्दै मनिषाले भनिन्,‘प्राविधिक रूपमा पनि एकदमै राम्रो छ। सिनेमा भनेको कथा भन्नु हो र उहाँले कस्तो मिठो ढंगले कथा भन्नुभएको छ एउटा मान्छेको पीडा देखाउनु भाको छ। मेरो विचारमा टेक्निकल्ली सिनेमाटोग्राफी स्टोरी लाइन डायलग डायलग पनि पोएट्री जस्तो छ। पेनफुल पोएट्री छ तर पोएट्री छ यो एकदमै राम्रो छ।’

नेपाली क्रिकेट टोलीमा कप्तान रोहितकुमार पौडेलले पनि फिल्मको प्रशंसामा समय खर्चिए। उनले हेरिरहेको फिल्म भन्दा फरक लागेको र राम्रो बनेको बताए।

हरिवंशको प्रशंसा गर्दै भने,‘फिल्म एकदमै राम्रो लाग्यो अरुभन्दा केही फरक केही फरक थियो यो चलचित्र र यो गहिरो रूपमा बुझ्दाखेरि अन्तिम अवस्थामा के हुन्छ भन्ने स्पष्ट भइसकेको थियो र एकदमै राम्रो मुभी र हरिवंशको एकदमै राम्रो अभिनय र मुभी हेर्दा एकदमै राम्रो लाग्यो।’

अर्को क्रिकेटर सोमपाल कामीले पनि फिल्म रमाइलो लागेको बताए। उनले पनि हरिवंशकै प्रशंसा गरे।

‘फिल्म हेर्दा एकदमै रमाइलो लाग्यो । र हामी हरिसरको लागि नै आएको दुईजना र क्यारेक्टर एकदमै राम्रो थियो,’उनले हरिवंशको प्रशंसाा गर्दै भने,‘एन्डिङ पनि एकदमै राम्रो थियो। सबै रुपमा हेर्दाखेरि भावुकता झल्काउने कथा थियो तर मलाई एकदमै मनपर्यो र मलाई विश्वास छ यो मुभीले एकदमै राम्रो काम गर्छ। अझै यस्तै यस्तै फिल्महरू आउनुपर्छ अनि नेपाली सिनेमाले अझै धेरै माया पाउँछ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।

उनले भने,‘कति चलचित्र चाहिँ रमाइलो हुन्छन् । राम्रो हुन्छन् कति फिल्म चाहिँ हेर्दा आनन्द आउँछ। अनि लास्ट टाइम मलाई साम्बालाई हेर्दाखेरि चाहिँ यस्तो भाको थियो । साम्बालाई हेरिसकेपछि पछाडि आज भुटान हेरिरहँदा एउटा अनुभव आएको थियो कि एउटा क्रिएटरले चाहिँ कसरी आफूलाई लागेको कुरा एकदमै हतार नगरिकन सबैजनाले जोडेर मजाले चाहिँ प्ले गर्नुभएको छ।’

उनले थपे,‘मलाई उत्सुकता लागेको पार्ट पनि त्यही थियो र पर्फमेन्स बाइस पनि सबै एकदमै राम्रो रोल गर्नुभएको छ। सिनेमा भरिमा सुशांक दाईको चाहिँ मलाई एकदमै मन परेको थियो। ओभरल फिल्म एकदमै मेरो विचारमा चाहिँ कसैलाई राम्रो फिल्म पछिल्लो समयमा चाहिँ हेर्न लागिरहेको छ भने प्यासन छ भने यो फिल्मलाई हेर्नलाई चाहिँ एकदमै धेरै प्यासन चाहिन्छ र फिल्मले भन्न खोजिरहेको कुरा बुझ्नलाई चाहिँ एकदमै गहिरेर हेर्नुपर्छ। फिल्मका केही हरु यहाँ बुझिन्छ भने केही सिनहरू घर जाँदै गर्दा बुझिन्छ केही सिनहरु घर पुगेपछि बुझिन्छ कतिपय सिनहरु दिमागमा आउँछ होला।’

उनीसँगै आएकी अभिनेत्री स्वस्तिमा खड्काले पनि फिल्म राम्रो बनेको बताईन। उनले फिल्मको निर्देशक विनोद पौडेलेको प्रशंसाा गरिन्।
‘मैले त विनोद दाईको फिल्म भएर अझै धेरै उत्साहित थिए। मैले विनोद दाईसँग पहिला काम गरिसकेको थिएँ,’उनले भनिन्,‘काम गर्ने शैली एज अ होल उहाँले जसरी प्याकेजमा फिल्म ल्याउनुहुन्छ झयतष्यलब िष्लिभ बिककसम्म क्यारी गर्दै मलाई चाहिँ सबैभन्दा मनपर्ने विनोद दाईको निर्देशकको उहाँले चाहिँ स्मुथली कहिले गर्नुहुन्न उहाँले अडियन्सलाई सबै कुरा छोडिदिनुहुन्छ आफ्नो अडियन्सहरुलाई हुन्छ नि जसरी तिमीलाई बुझ्न मन लाग्छ।’

उनले फिल्म ‘बुलबुल’मा काम गर्दाको अनुभव सम्झिइन्। ‘मैले बिनोद दाईलाई पनि भनेको थिएँ। फिल्म भन्दा पनि दाइको क्लाइमेक्सहरुलाई चाहिँ एकदमै उत्साहित छु भनेर भनेको थिए,’उनले भनिन्।

हरिवंशका कलाकारका सहयात्री मदन कृष्ण श्रेष्ठले हरिवंशको निकै प्रशंसाा गरे। उनले हरिको अभिनय देखेर आफु खुशी भएको बताए।

उनले भने,‘हरिवंश आचार्यको फरक अवतार हेर्दा मलाई एकदमै मज्जा लाग्यो। अहिलेसम्म हेरेको फिल्ममा बेग्लै खालको फिल्म बनेको छ। कुनै फर्मुला पनि छैन केही कुरा पनि छैन बेग्लै खालको आफ्नो जन्मघरलाई जन्म दिने देशलाई महत्व दिन बताएको छ। देशभरिको अघि एकजना बहिनीले मलाई सोधेको थियो। घर हराएको कथा भन्ने थियो घर बनेको के हो घर भनेको आफ्नो एउटा देश हो। देश भनेको नै घर घरहरूको देश हो। जस्तै हाम्रो नेपाल बुद्धको घर हो सगरमाथाको घर हो भने जस्तै सबै घरहरूको घर हो।’

उनले थपे,‘घर चाहिँ आफ्नो देश हुन्छ त्यसलाई माया तरिकाले प्रस्तुत गरिएको छ अब यसलाई दर्शकहरुले त असाध्यै स्वाद लिएर हेर्नुहुन्छ पक्कै पनि अझै भुटानी नागरिकहरुले त आफ्नो कथा सम्झिँदै रुँदै हेर्छन् होला भन्ने लाग्छ मलाई त्यहाँको सरकारले कसरी लिन्छ हेर्नुभएको छ सिरियस लिनुहुन्छ कि हुँदैन मानवताको मन पग्लिन्छ कि पग्लिँदैन त्यो हेर्न बाँकी छ’

अमेरिकामा छायांकन भएको यस फिल्ममा अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम दिइएको छ। यो फिल्ममा हरिवंशसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् । विनोद पौडेलले निर्देशन गरेको यो फिल्ममा हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिका छ। भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ।

यही वैशाख १२ गते रिलिज हुन लागेको यो फिल्ममा निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.