सुचना, समाचार र मनोरन्जन

‘नेपाल सुपर लिग २०२५’ को फाइनलमा पुगेकोमा पोखरा थन्डर्सलाई मेयर आचर्यको शुभकामना

पोखरा/

नेपालको प्रतिष्ठित ‘नेपाल सुपर लिग २०२५ ‘ को फाइनलमा पहिलो पटक स्थान बनाउन सफल भएकोमा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरा थन्डर्सलाई शुभकामना दिएका छन ।

शुभकामना दिदै मेयर आचार्यले भनेका छन, चुनौतीपूर्ण यात्रा भए पनि तपाईंहरूले देखाएको आत्मविश्वास, मेहनत र एकताले सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे ।

आजको महामुकाबिलामा, ललितपुर सिटी एफसी विरुद्धको खेलमा तपाईंहरूको उत्कृष्ट प्रदर्शनको कामना गर्दछु। आज तपाईंहरूको खेलमा पोखराको गर्व, भावना र समर्थन साथमा हुनेछ उनले भने ।

मेयर आचार्यले शनिबार परिचयसङ्गको कुराकानीको क्रममा आगामी खेलमा  पनि पोखरा थन्डर्स—विजयको गर्जन गरि पोखरालाई गौरवान्वित बनाउन आग्रह समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.