सुचना, समाचार र मनोरन्जन

सिद्धार्थ तथा नवलपुर उधोग वाणिज्य संघलाई पोखरा उधोग वाणिज्य संघको स्वागत

पोखरा,
पोखरा उद्योग वाणिज्य संघले पोखरा लगाएत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उधोग वाणिज्य संघ तथा नवलपुर उधोग वाणिज्य संघको प्रतिनिधिमण्डलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।

सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलाई छुट्टाछुट्टै स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिँदै कार्कीले पोखरा विमानस्थल निर्माणको लागि निजी क्षेत्रले दिएको दबाबमूलक आन्दोलनको स्मरण गर्दै यसको दिगो संचालनको लागि पोखरा उधोग वाणिज्य संघले पहल गरिरहेको बताउदै सिचुवानको राजधानी छेन्दुबाट पोखरा सिधा उडानले पोखरा तथा भैरहवा विमानस्थल सन्चालन गर्न दबाव पुग्ने बताउदै नवलपुर क्षेत्रको समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै लुम्विनी उधोग वाणिज्य महासंघका अध्यक्ष तथा सिद्धार्थ उधोग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाल उधोग वाणिज्य महासंघको आगामी अधिवेशनमा आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिन लागेकोले पोखरा उधोग वाणिज्य संघसँग सयोगको अपेक्षा राखेको बताए । सिद्धार्थ उधोग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले सगसगै जन्मिएका पोखरा तथा सिद्धार्थ उधोग वाणिज्य संघ नेपाल उधोग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेको बताए ।

कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ आचार्यले कोराला नाका सन्चालन भएमा गण्डकी प्रदेश लगाएत यस क्षेत्रका व्यवसायीहरुलाई धेरै फाइदा पुग्ने बताउदै नवलपुर तथा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गद्र्रे अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निर्वतमा अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा तथा भैरहवा विमानस्थल सन्चालन गर्नको लागी यस क्षेत्रका उधोग वाणिज्य संघले सरकारलाई दबाब दिनुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ पुर्व अध्यक्ष राम कुमार शर्मा नवलपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष डासुराज पोख्रेल लगाएतले बोलेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा वाणिज्य उपाध्यक्ष बलराम आचायले धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पुर्व उप महासचिव हिरा भट्टराई कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ,नविन नापित दुर्गा बराल, प्रदिप राज भण्डारी टिकाराम सुवेदी मनोहरि पौडेल रामचन्द्र तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

छुट्टाछुट्टै गरिएको स्वागत तथा छलफल कार्यक्रममा सिद्धार्थ,नवलपुर तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विभिन्न सुझावहरु समेत राखेका थिए ।

Leave A Reply

Your email address will not be published.