सुचना, समाचार र मनोरन्जन

अर्थमन्त्री पौडेलले भेटे प्रचण्डलाई, आगामी बजेटबारे छलफल

काठमाडौँ,

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ । बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.