सुचना, समाचार र मनोरन्जन

जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्छः मन्त्री पौडेल

 

 

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन्।

 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले  केही समय लाग्नसक्ने तर अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने बताए । उनले मुलुकमा थुप्रै कामहरू गर्न बाँकी रहेको बताए। उनले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनु भन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताए।

 

उनले समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको बताए। उनले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गरे।

 

मन्त्री पौडेलले विद्यार्थी संगठनहरूबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने बताए। साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने बताए।

Leave A Reply

Your email address will not be published.