सुचना, समाचार र मनोरन्जन

शान्तिश्री र शिवमको स्वरमा ‘राख म’

काठमाडौं :

शान्तिश्री परियार र शिवम भण्डारीको स्वरमा रहेको गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले गीतको भिडियो सहित युटुबमार्फत सार्वजनकि गरेको हो।

गीतमा दिवस नाथ र शिवमको शब्द रचना, शिवमकै संगीत र श्यामश्वेत रसाइलीको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियोलाई मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी गरेका छन्। भिडियोमा जुना विश्वकर्मा र दिवसलाई नै फिचरिङ गरिएको छ। नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको दृश्य सम्पादन एवं कलरिङ छ।

उनले भने,‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत श्रोता/दर्शकमाझ ल्याएका छौ सबैले मन पराइदिनुहुनेमा आशावादी छौ।’

भिडियो दिवसको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा आफूले माया गरेको मान्छेलाई मनैमा राख्न आग्रह गरिएको छ। लोकल टिपिकल शब्द रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि राम्रो बनेको छ।

Leave A Reply

Your email address will not be published.