सुचना, समाचार र मनोरन्जन

दीपेन्दको फिल्ममा छुट्दैनन् खगेन्द्र : ‘के घर के डेरा घर नम्बर २’मा जोडिदाको सुनाए किस्सा

काठमाडौं :

आगामी जेठ २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा घर नम्बर २’को यतिबेला प्रचारप्रसार व्यापक भइरहेको छ। निर्माता तथा निर्देशक समेत लागेर यो फिल्मको प्रमोसनमा लागेका छन्। शुक्रबार ललितपुरमा भेटिएका अभिनेता खगेन्द्र लामिछानेलाई तपाईलाई के कारणले गर्दा यो फिल्ममा जोडिनु भयो भन्ने प्रश्न गरिएको थियो। उनले जवाफमा यो फिल्म अचानक काम गर्नु परेको बताए।

‘मैले यो फिल्म अचानक गरेको हो। म कुनै अर्को फिल्मको तयारीमा थिए,’उनले यो फिल्ममा अनुबन्ध हुँदाको क्षण सम्झदै भने,‘दीपेन्द्रजीले यस्तो स्टोरी आयो,तपाई बाहेक अरुलाई देख्नै सकिन यो क्यारेक्टरमा। के गर्ने भन्ने खाल्को कुरा गर्नुभयो। उहाँलाई पनि थाहा थियो कि,म यता बिजी छु भन्ने कुरा। मैले टिममा भनेपछि मिलाएर गरियो।’

यता निर्देशक दीपेन्द्र के खनालले पनि सुख दुखको मान्छेको नै यस्तो बेलामा याद आउने गरेको बताए। त्यस कारण खगेन्द्र आफ्नो फिल्ममा पर्ने गरेको जानकारी दिए। उनले यस फिल्ममा डेरावाल र घरबेटीको पिडालाई प्रस्तुत गरिएको बताउँदै दर्शकले कमेडी पनि पाउने बताए।उनले थपे,‘मलाई यो खाल्को काठमाडौंकै कथाहरुमा इन्ट्रेस् बढि लाग्छ। गाउँको भन्दा शहरको गरिबी नै डर लाग्दो हुन्छ। गाउँमा त हामी घुलमिल हुन सक्छाँै तर यहाँ त एउटा घर भित्र,एउटा छतभित्र नै हुन्छौँ। फिल्मको कथाले दुवै वर्गलाई छुन्छ।’

यस फिल्लममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। पटकथा बुद्धिसागरले लेखेका छन्। फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस फिल्म निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। यसअघि दिपेन्द्रले यसअघि निर्देशक खनालले ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता फिल्मको निर्देशन गरेका छन्। उनको अर्को फिल्म ‘मेयर’पनि प्रदर्शनका लागि तयारी अवस्थामा छ।

Leave A Reply

Your email address will not be published.