काठमाडौं :
आठवर्षको अन्तरालपछि फिल्म ‘नरसिंहा : अवतार’मा फर्किएका राजेश हमालले आफु सुहाउदो कथा नभेटेको बताएका छन्। उनले आफु अभिनित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उक्त कुरा बताएका हुन्।
अहिले आफूले सुहाउँदो र अनुकूल भूमिका पाएपछि फिल्ममा अभिनय गरेको दाबी गरे। पत्रकारसँगको भेटमा भने,‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस फिल्ममा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ।’
उनले फिल्ममा सुहाउदो भुमिका नै चाहिने भन्दै त्यो नपाउन्जेल काम नगरेको सुनाए। उनी थप्छन्,‘फिल्मको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ।’ उनले फिल्म निर्देशक दिवाकर भट्टराईको तारिफ गरे। हमालले पछिल्लो समय फिल्म ‘वसन्त’मा छोटो भुमिकामा अभिनय गरेका छन्। तर उनको मुख्य भुमिकाको भने ८ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘शकुन्तला’मा गरेका थिए।