सुचना, समाचार र मनोरन्जन

ओप्सना अवार्डको फर्म भर्ने भोलिसम्म

काठमाडौं :

Pach Pandav

ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरण आयोजना गर्ने भएको छ। राष्ट्रिय, लोक, डेउडा, आधुनिक, पप, चलचित्रका गीत, टेलिसियल, भाषा भाषीका गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिने प्रालिका अध्यक्ष तथा संगीतकार ओम प्रकाश राईले बताएका छन्।

संगीत, कलाकारिता, खेलकूद, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति लगायतका संगीत बाहेकका अन्य क्षेत्रलाई समेत सम्मान तथा अवार्ड प्रदान गरिने छ। साथै लामो समयदेखि गीत संगीतमा सेवारत व्यक्तित्वलाई लाइफटाइम अचिपमेन्ट अवार्ड तथा विदेशमा बसेर गीतसंगीत र अन्य क्षेत्रमा योगदान पुराईरहेका व्यक्तित्वलाई डायस्पोरा अवार्ड प्रदान गरिनेछ। अवार्डमा सहभागिताका लागि जेठ ५ गतेसम्म फाराम बुझाउन सकिने र डायस्पोरा अवार्डका लागि इमेल मार्फत पनि फाराम बुझाउन सकिने व्यवस्था रहेको राईले बताए।

Leave A Reply

Your email address will not be published.