सुचना, समाचार र मनोरन्जन

दुर्व्यसनी बिरूद्धमा प्रितिको आवाज, ‘चाहिदैन भो’

काठमाडौं :

गायिका प्रिति आलेको नयाँ गीत ‘चाहिदैन भो’ सावर्जनिक भएको छ। आफ्नै लय, शब्द तथा निर्देशन रहेको गीत गायिका आलेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

सन २०२५ को बिश्वकै उत्कृष्ट ४४ औं क्लव घोषणा भएको काठमाण्डौ स्थित एलवोडी क्लवमा छायांकन भएको भिडियोको गीत लागुऔषध दुर्व्यसनी बिरूद्ध रहेको छ। भिडियोमा उनलाई गायक एवं नायक प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल,दिभिषा शर्मा र सुमन खड्काले सहयोग गरेका छन्।

‘हाम्रो समाजमा लागुऔषधले धेरैको घर परिवार बिग्रिएको देखेकोछु’,उनले भनिन,‘युवा पुस्तालाइ लागुऔषध दुर्व्यसनीमा नलाग्न अनुरोध गर्न यो गीतको माध्यम लिएकी हुँ।’

लागुऔषधले लागुऔषध प्रयोगकर्तालाइ मात्र नभइ परिवार र आफन्तलाइ समेत नोक्सान पुर्याउछ भन्ने सन्देश भिडियोबाट गायिका तथा निर्देशन दिन खोजको उनले बताईन्। गायिका आलेले पृथक शैलीमा तयार पारेको गीतलार्इ अहिले युवापुस्ताले सकारात्मक प्रतिक्रिया दिएका छन्।

Leave A Reply

Your email address will not be published.