काठमाडौं :
अभिनेत्री बसुन्धरा भुसालले आफुले कतैबाट पनि न्याय नपाएको गुनासो पोखेकी छन्। आइतबार फिल्म ‘महाभोज’को ट्रेलर रिलिज कार्यक्रममा उनले गुनासो पोखिन्।
‘दुई करोड ६० लाख चानचुने पैसा होइन। यो सिभिल सहकारी,उहाँ चाहीँ सांसद नै हुनुहुदो रहेछ। यसरी फसाउनुभयो,यसरी फसाउनुभयो। यो फिल्मको पात्र आर्यन भावुकले भाषणमा पनि म रोएको थिए। त्यसरी नै हामी फसेका थियौँ। के भन्ने मैले। संसारमा कतैबाट पनि न्याय पाइनँ।’
उनले थपिन्,‘म ७५ वर्ष भइसके,देखिहाल्नुभयो। पुलिसहरुले लठी चार्ज गर्छन्। ग्याँस चलाउँछन्। मेरो पनि परिवार छ। मेरो पछाडिका दिदीबैनीहरुलाई,एउटी नायिका चैतन्यदेवी सिंह,उहाँको यसमा ६० लाख पर्या छ। उहाँको कस्तो स्थिति छ। सबै पत्रकार भाईहरुलाई भनिसकेकी,म यति पिणामा छु। राती पनि म सुत्न सकेको छैन।’
विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस फिल्मलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन्। दिनेश राउतको निर्देशनमा बनको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ।