सुचना, समाचार र मनोरन्जन

भरतपुर महानगरको पुँजीगत खर्च ३४ प्रतिशत, चालु ५८ प्रतिशत

चितवन,

चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा पुँजीगत खर्च ३४ प्रतिशत र चालु खर्च ५८ प्रतिशत मात्रै भएको छ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले दिएको जानकारी अनुसार वैशाख मसान्तसम्म चालु आवको संशोधित पुँजीगत खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत मात्रै पुँजीगत र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत चालु खर्च भएको हो ।

Pach Pandav

गत वर्ष यही अवधिमा पुँजीगत खर्च २९ प्रतिशत र चालु खर्च ५७ प्रतिशत भएको थियो । गत आर्थिक बर्ष महानगरपालिकाको पुँजीगत खर्च ५६ प्रतिशत र चालु खर्च ८६ प्रतिशत भएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुँजीगत खर्च चालु आवमा ७० प्रतिशत पुग्ने अपेक्षा गरिएको बताइन् । ‘फिल्डमा काम भैरहेको छ, भुक्तानी नभएको कारणले पुँजीगत खर्च नबढेको जस्तो देखिएको हो’ नगर प्रमुख दाहालले भनिन्, ‘सबै भुक्तानी दिँदासम्म पुँजीगत खर्च बढेर जान्छ ।’

उनले विगतमा भन्दा पुँजीगत खर्च बढाउने प्रयास गरिएको बताइन् । पहिलो चौमासिकमा लागत इष्टिमेट, दोस्रो चौमासिकमा टेण्डर र सम्झौता र कामको तयारी गर्नुपर्नेमा सधैं अनेक कारणले ढिला हुने र गर्ने चलन रहेको नगरप्रमुख दाहालले बताइन् ।

Leave A Reply

Your email address will not be published.