काठमाडौं :
फिल्म ‘के घर के डेरा : घर नं २’को ट्रेलर ट्रेन्डिङमा आएको छ। ट्रेलर युट्युब ट्रेन्डिङको मुभी सेक्सनको ५ नम्बर पर्न सफल भएको हो। यो फिल्म रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो। शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ सँगै प्रदर्शनरत छ। अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ।
फिल्मका वितरक करण श्रेष्ठले भने,‘दिन प्रतिदिन दर्शकको अकुपेन्सी बढ्दै गएको छ। हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ।’
फिल्मको कथासँगै अभिनयको दर्शकले तारिफ गरिरहेको निर्माणपक्षले दाबी गरेको छ। सिनेमाको कथा साहित्यकार बुद्धि सागरले लेखेका हुन्। दीपेन्द्र के खनालको निर्देशन रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत,आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ।
‘के घर के डेरा ः घर नं २’ फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायांकन रहेको ‘ यस फिल्ममा कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।