इलाम :
इलाममा सात चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। बुधबार चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ औं स्थापना दिवसको अवसरमा पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
पत्रकार ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२,विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान९२०८२, नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान(२०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२ र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार(२०८२ प्रदान गरियो । रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई नगद ५५ हजार ५ सय ५५ तथा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५१ हजाररुपैयाँ राशि छ।
सोही समारोहमा पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२ तथा तुलसी प्रसाद निरौला (कोशी)लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार(२०८२)प्रदान गरिएको थियो भने प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ।
जेठ ६ गतेबाट इलामको श्रीअन्तुमा भएको चलचित्र पत्रकारहरुको राष्ट्रिय भेलामा उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। यसको व्यवस्थापनको जिम्मा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन तथा चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ तथा सुनसरी शाखाले गरेका छन्। यो कार्यक्रम भोली अर्थात जेठ ९गतेसम्म चल्नेछ। यस कार्यक्रममा प्रमुख अथिति चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी रहेका छन्। बोर्डको पनि यस कार्यक्रममा सहकार्य गरेको छ।