सुचना, समाचार र मनोरन्जन

सुनिताको ‘जाली रुमाल’ उत्तम र अनुषाको प्रेमपीडा

काठमाडौंँ :

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ । श्रीमान् विदेशिएपछि श्रीमतीको मनमा उब्जने पीडारुपी भावनाहरु गीतको शब्दमा समेटिएका छन् । गीतमा शब्द तथा संगीत निलम रोजु राईको छ। गीतको एरेन्ज मनोज थापाले गरेका हुन्।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङको अभिनय छ। गीतको भिडियोले श्रीमान् रोजगारीको लागि घरबाट टाढा रहदा श्रीमतीमा कस्तो पीडा हुन्छ भनेर देखाइएको छ। किरण राइले निर्देशन गरेको गीतको भिडियो योगेन्द्र पेवाङ राइले निर्माण गरेका हुन्। तुलशा लिम्बुको छायांकन रहेको भिडियोमा सम्पादन सरोज खालिङ राईको रहेको छ।

Leave A Reply

Your email address will not be published.