सुचना, समाचार र मनोरन्जन

बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय

काठमाडौँ,

आगामी आर्थिक वर्ष २०८२/र८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ ।

आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरण तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरण तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बजेट वक्तव्य सहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायत प्रकाशन तयारी पनि जारी छ ।

यसअघि अर्थले आर्थिक वर्ष २०८२÷८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गरिसकेको छ । सरकारले १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्छ ।

Leave A Reply

Your email address will not be published.