सुचना, समाचार र मनोरन्जन

ज्योति प्रकाशको संगीतमा ‘किन किन आकाशमा छैन जुन आज’

काठमाडौं :

दर्जनौं सफल गीतका संगीतकार ज्योति प्रकाशको संगीत,वरिष्ठ गीतकार रविन्द्र आशिष शैलीको शब्द, राज सिग्देलको स्वरमा ‘किन किन आकाशमा छैन जुन आज’ सार्वजनिक भएको छ। प्रेम, पिडा, आशा र शून्यतालाई समायोजन गरी तैयार पारिएको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षमा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापा, बरिष्ठ गीतकार सुभास चन्द्र ढुंगेल, गीतकार संघ नेपालका पूर्व अध्यक्ष शुभ मुकारुङ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। ओएसआर डिजिटलबाट सार्वजनिक भिडियो जयराम थापाले खिचेका हुन् भने निर्देशन दिपेन्द्र प्रकाश केसीले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.