सुचना, समाचार र मनोरन्जन

सुनको भाउ आज एक लाख ९० हजार नौ सय रुपैयाँ

काठमाडौँ,

सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तीन दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच रुपैयाँ कायम भएको थियो ।

Leave A Reply

Your email address will not be published.