सुचना, समाचार र मनोरन्जन

‘सुपरहिट’ बन्यो विपिन र मिरुनाको ‘ऊनको स्वीटर’

काठमाडौं :

बैशाख २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ सुपरहिट फिल्मको सुचिमा पर्न सफल भएको छ। देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले यस फिल्मलाई ‘सुपरहिट’फिल्मको ट्याग लगाएको हो।

क्यूएफएक्सले दुई वर्षदेखि व्यापारको आधारमा फिल्मलाई ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आइरहेको छ। त्यस अनुसार यो फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाएको हो। यअघि क्यूएफएक्सले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको थियो।

यो फिल्मले पहिलो सातामा यो चेनमा डेढ करोडमाथि कमाइ गरेको छ। यसले फिल्मको सफलतालाई दर्शाउँछ। चौथो हप्ताका लागि दौडिरहेको यो फिल्मको व्यापार अझँै कमजोर देखिएको छैन। त्यस कारण यस वर्षको पहिलो हिट फिल्म बनेको ‘ऊनको स्वीटर’ले व्यावसायिक सफलता प्राप्त गर्न अगाडि बढेको छ। अबको केहि दिनमा यो फिल्मको व्यापारिक रफ्तार हेर्दा ‘लाइफटाइम कलेक्सन’ १० करोड पुग्न सक्ने देखिन्छ।

नवीन चौहानको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ। अन्तरजातीय प्रेमकथामा आधारित रहेको फिल्ममा सुजन चापागाईंको संगीत छ। यसमा समाविष्ट तीन गीत ‘मखमली’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’ र ‘फूल’ अहिले चर्चामा छन्।

 

Leave A Reply

Your email address will not be published.