सुचना, समाचार र मनोरन्जन

नेपालकै पहिलो महिला लायन्स मल्टिपल अध्यक्ष: मिलन थापाको ऐतिहासिक अग्रसरता

पोखरा,
लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको आगामी वर्ष २०२५÷२०२६ का लागि हाल ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापा निर्विरोध रूपमा मल्टिपल परिषद्को अध्यक्षमा निर्वाचित भएकी छिन। नेपाली लायनबादको करिब साढे पाँच दशक लामो इतिहासमा पहिलो पटक महिला नेतृ, नेपालको मुल नेतृत्वको जिम्मेवारीमा निर्वाचित भएकी हुन्।

उहाँको चयनलाई केवल एक पद प्राप्तिको भन्दा पनि परिवर्तन, समावेशी नेतृत्व र समर्पित सेवाको प्रतिनिधित्वको रूपमा हेरिएको छ। थापा, लायन्स आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। उनी सामाजिक सेवा, महिला सशक्तीकरण, सञ्चार तथा राजनीतीका साथै नेपालकै एक प्रतिष्ठित व्यावसायिक क्षेत्रमा संलग्न हुँदै आउनुभएको छ। उहाँले लायन्समा मात्र होइन अन्य बहुआयमिक क्षेत्रमा समेत एक प्रभावशाली तथा उदयमान नेतृको रूपमा आफ्नो प्रभावशाली उपस्थिति जनाउँदै आएकी छिन। दिइएको जिम्मेदारीमा कडा परिश्रम, स्पष्ट दृष्टिकोण, र समर्पित नेतृत्व क्षमताका कारण मिलन थापा आज विविध क्षेत्रका साथै लायन्समा समेत समाजको एक प्रेरणादायी अनुहार बन्न सफल भएकी छिन।

हालै मात्र आफूलाई सर्वसम्मत रूपमा परिषदको अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण डिष्ट्रिक्टका लिडरहरू प्रति आभार व्यक्त गर्दै उनले भनि, “यो पद मेरो लागि ठूलो सम्मान सँगै जिम्मेदारी पनि हो। सेवा प्रतिको समर्पणलाई मैले आफ्नो जीवनशैली बनाएकी छु। हरेक क्षेत्रमा जिम्मेदारीपूर्वक कार्य गर्न र प्राप्त भएका जिम्मेवारीमा समर्पण भावका साथ कार्य गर्नका लागि मेरा श्रीमान ध्रुव थापा, मेरा प्रेरणाका स्रोत हुन। अहिले नेपालका लायन्स नेतृत्वहरुले जुन विश्वास गरेर मलाई सर्वसम्मत रुपमा सम्पूर्ण नेपालका लायन्सहरूको नेतृत्व गर्ने अवसर प्रदान गर्नुभएको छ त्यो आगामी दिनमा नेपालको लायनिजमलाई अझै परिष्कृत र विकास गर्नका लागि आफूले अहम भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी छिन ।

उनी नेपालको मल्टिपल डिस्ट्रिक्टको अध्यक्ष भएको घोषणा औपचारिक रूपमा यही जेठ २४ गते काठमाडौँमा सम्पन्न हुने महाधिवेशनमा गरिनेछ। उनी नेपालको लायनवादको ५४ वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्षको रूपमा निर्वाचित भएकी हुन। नेतृत्वमा विविधता र क्षमता दुवैलाई सम्मान गर्ने लायन्सको यो निर्णयले सेवा प्रति समर्पित यो संस्थालाई अझ उज्यालो भविष्यतर्फ उन्मुख गराउनेछ भन्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.