सुचना, समाचार र मनोरन्जन

‘मोडल तथा कलाकार प्रतिक्षा काफ्ले ‘मोडलिङ तथा कला सम्मान (२०८२)बाट सम्मानित’

काठमाडौं :

भनिन्छ नि ‘उद्देश्य के लिनु उडिछुनु चन्द्र एक’ सानै देखि नाच्न भनेपछि तयार भैहाल्ने एउटा अबोध बालिका जस्को सपना स्टार बन्ने हुन् । त्यो सपनालाई साकार पार्न निरन्तरको लगनशिलता धैर्यता र कठोर परिश्रमले बनेको नाम हो प्रतिक्षा काफ्ले र त्यो यात्राको गर्बिलो एउटा साक्षी ‘मोडलिङ तथा कला सम्मान२०८२’।

कार्यक्रम व्यवस्थापन संघ नेपालको पाँचौं साधारणसभा एवं विशेष सम्मान समारोहको अवसरमा मोडलरकलाकार प्रतिक्षा काफ्ले ‘मोडलिङ तथा कला सम्मान (२०८२)बाट सम्मानित भएकी छन्। राष्ट्रियसभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता एवं व्यवस्थापिका संसदको अर्थ समितिका सभापति माननिय सन्तोष चालिसे, बाणिज्य तथा आपूर्ति समितिका सभापति माननिय अब्दुल खान,माईती नेपालकी संस्थापक एवं अध्यक्ष अनुराधा कोईराला, गायक सिताराम पोखरेल लगायतका विशिष्ठ व्यतित्वहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लव बहादुर कार्कीको सभापतित्व एवं राजेन्द्र लुईंटेलको संयोजनमा सम्पन्न भएको थियो।

थुप्रै र्याम्प स्टेज शो हुँदै कलाकारिता क्षेत्रमा प्रबेश गरेकि प्रतिक्षा काफ्लेले देशको समसामयिक बिषयमा बनेको टेलिचलचित्र ‘गाउँ फर्क’,‘सुन्तलीको पोई’संगै ‘दिल आफ्नै थियो’, ‘तिम्रो स्पर्शले’,‘औधि मन पराएँ, ‘हेरें सानु’लाई लगायत २ दर्जन भन्दा बढि गीतहरुमा अभिनय गरिसकेकी छन्। विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भैसकेकी काफ्लेका करिव आधा दर्जन गीतहरु बजारमा आउने क्रममा रहेका छन्।

Leave A Reply

Your email address will not be published.